+
+

रणवीर र रश्मिकाको ‘एनिमल’ टिजरमा योङ्ग्री योङम्यानको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते ११:५६

काठमाडौं । रणवीर कपुर र रश्मिका मन्दाना स्टारर प्रतीक्षित बलिउड फिल्म ‘एनिमल’को टिजर सार्वजनिक भएको छ । रणवीर पहिलोपटक भिन्न अवतारमा प्रस्तुत भएका छन् । अनिल कपुरले उनका पिताको भूमिका निर्वाह गरेका छन् ।

टिजरमा बाबुछोराको नोकझोंक देख्न सकिन्छ । यी दुईबीचको भिडन्तको कारण के हो, यसको पछाडि कुनै इतिहास छ ? टिजरमा यही देखाउने प्रयास गरिएको छ ।

फिल्ममा रश्मिका पनि शीर्ष भूमिकामा छिन् । टिजर उनी र रणवीरको दृश्यबाट सुरु हुन्छ । टिजरको अन्त्यमा बबी देओल ‘इन्टेन्स लुक’मा देखिएका छन् । फिल्ममा बबीले खलनायकको भूमिका निर्वाह गरेका छन् । फिल्मका निर्माता भूषण कुमार हुन् ।

सन्दीप वांगा रेड्डीको निर्देशनमा बनेको यो फिल्म मंसिर १५ गते (डिसेम्बर १) रिलिज हुँदैछ । सन्दीप रेड्डी वांगाले यसअघि ‘कबीर सिंह’ निर्देशन गरेका थिए ।

‘एनिमल’ एउटा यस्तो फिल्म हो जसको लागि रणवीरका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए । उनको अघिल्लो फिल्म ‘तू झुठी मैं मक्कर’ पनि हिट भएको थियो । यस फिल्ममा उनले कूल, फंकी र लभर ब्वाई टाइपको भूमिका निभाएका छन् । अघिल्ला फिल्मभन्दा रणवीर यसमा ठीक विपरीत अवतारमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?