+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

कोशीमा उराव समुदायलाई भोलि विदा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १८:५५

११ असोज, विराटनगर । कोशी प्रदेश सरकारले उराव समुदायका लागि शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैडकले उराव समुदायको करम धर्म पर्वको अवसरमा उराव तथा झागड समुदायलाई शुक्रबार विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीका अनुसार बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिकालाई अमेरिकाको टेक्साससँग भगिनी सम्बन्ध कायम गर्नका लागि नेपाल सरकारसँग पूर्व स्वीकृति लिनका लागि सिफरिस गर्ने निर्णय पनि गरेको छ ।

बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय पनि गरेको छ ।

बैठकले कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि केन्द्रीय अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?