+
+

क्रिसमसमा प्रभासको ‘सालार’ र शाहरुखको ‘डंकी’ भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते ११:३१

काठमाडौं । ‘आदिपुरुष’को विस्मयपछि अभिनेता प्रभासका फ्यान ‘सालार’लाई लिएर उत्साहित छन् । ‘केजीएफ’ फेम्ड प्रशान्त नील निर्देशित यो फिल्मलाई एक हिंस्रक व्यक्तिबारे बनेको थ्रिलर बताइएको छ ।

यसअघि निर्माताले सेप्टेम्बर २८ मा रिलिज मिति घोषणा गरेका थिए । तर पोस्ट-प्रोडक्सनमा काम बाँकी भएको भन्दै प्रदर्शन स्थगित गरिएको थियो । शुक्रबार निर्माण कम्पनी होम्बेल फिल्म्सले नयाँ रिलिज मिति घोषणा गरेको छ ।

नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मले आगामी २२ डिसेम्बर २०२३ लाई नयाँ रिलिज मितिको रुपमा घोषणा गरेको छ । क्रिसमस सप्ताहन्तको यो मितिमा ‘सालार’ शाहरुख खान स्टारर ‘डंकी’सँग जुध्नेछ । यो जुधाईलाई भारतीय फिल्मको ठूलोमध्येको एक भिडन्तको रुपमा लिइएको छ ।

गत वर्ष निर्माताले टिजर सार्वजनिक गर्दै ‘सालार’ दुई भागमा बन्ने बताएका थिए । पहिलो भाग ‘सालार पार्ट वन–सिसफायर’मा प्रभाससहित पृथ्वीराज सुकुमारन, श्रुति हसन शीर्ष भूमिकामा हुनेछन् ।

केजीएफ र कान्तारलाई निर्माण गरेको हम्बेल फिल्म्सले सालार पनि बनाएको हो । भारतीय फिल्मको यो ठूलो भिडन्तलाई वितरकले कसरी लिएका छन्, यसबारे प्रतिक्रिया आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?