+
+

चार दिनमा ३४ सयले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १३:०४

१२ असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

आइतबार र सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार २०० रुपैयाँ थियो । मंगलबारदेखि घट्न लागेको सुनको भाउ त्यसयता निरन्तर ओरालो लागेको हो । मंगलबार ४ सय, बुधबार ८ सय, बिहीबार एक हजार ४ सय र शुक्रबार ८ सयले सुनको भाउ घटेको हो । चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ३ सय र चाँदीको मूल्य एक हजार ३९५ रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार १ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?