+
+

पोखरामा विद्यार्थीलाई फकाउँदै प्रकाश र केकी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १४:३०

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी यतिबेला देश दौडाहामा छन् । ‘परदेशी २’ फिल्मको प्रवर्द्धनका लागि उनीहरु शुक्रबार पोखरा पुगे, जहाँ विद्यार्थीमाझ उनीहरु रोमान्टिक रुपमा प्रस्तुत भए ।

कास्की मोर्डनाइज कलेजमा उनीहरुले विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरे । फिल्मको गीतमा प्रकाशले केकीको हात समातेर नचाए । केकीले पनि नाचमा प्रकाशलाई साथ दिइन् । जे होस्, दुवैले विद्यार्थीलाई फिल्मको गीतमा मनोरञ्जन दिलाए ।

केकीले विद्यार्थीलाई फकाउने प्रयास गरिन् । उनले भनिन्, ‘नेपालमै किन बस्ने ? नेपाल छाडेर बाहिर जाँदा महसुस गर्ने भाव कस्तो हुन्छ भन्ने कुरा फिल्ममार्फत देखाउने कोसिस गरेका छौं ।’

प्रकाशले उक्त अवसरमा ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ गीत गाए सुनाए । प्रकाश र केकीको टोली फिल्मको प्रिमियर समारोहमा सहभागी हुन बागलुङतिर लागेका छन् । त्यहाँको बीएसआर मुभिजमा शुक्रबार बेलुका ‘परदेशी २’ को प्रिमियर आयोजना हुँदैछ । सपुतको गृहजिल्ला पनि बागलुङ नै हो ।

‘परदेशी २’ को कुरा गर्दा संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित यो फिल्म दशैं छेकोमा असोज २६ गते प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?