+
+
एमाले बागमती अधिवेशनः :

मतदान सकियो, दुई घण्टापछि नतिजा सार्वजनिक गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते २०:३७

१२ असोज, काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ ।

अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए । तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे ।

मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो । मतदान सम्पन्न भएकाले अबको दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले प्रतिस्पर्धा गरेका छन् । यी दुई उम्मेदवारले अरु चार पदाधिकारीमा पनि प्यानल बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?