+
+

लेनदेन विवादमा पक्राउ परेका अनमोल केसी चिरायु अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते ७:२७

१३ असोज, काठमाडौं । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी अस्पतालमा भर्ना भएका छन् ।

छातीमा समस्या देखिएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको जानकारी उनी निकट फिल्म निर्माता सरोज न्यौपानेले बताए । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याएको थियो ।

अपराध अनुसन्धान कार्यालयले केसीलाई जिल्ला प्रहरी परिसर, टेकुको जिम्मा लगाएको थियो । त्यसक्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित चिरायु अस्पताल* भर्ना गरिएको एसपी कुमोध ढुंगेलले बताए ।

यसअघि केसीलाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा फिल्मकर्मीहरुको टोली पुगेको थियो । त्यसक्रममा अनमोलले ‘दाइ बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको निर्माता न्यौपानेले बताएका छन् ।

‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी भएपछि प्रहरीले केसीलाई पक्राउ गरेको थियो।

प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

*यसअघि भुलवश अस्पतालको नाम फरक पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?