+
+

गोरखामा बिदाको दिन चलाएको भन्दै विप्लवको युवा संगठनले लियो सरकारी गाडी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते १०:१६

१३ असोज, गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको संगठनका नेता रन गुरुङले बताए ।

जिल्ला समन्वय समितिको बा२झ २८९ र बागतमी प्रदेश बीएबी९१९८ नम्वरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको उनले बताए । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको संगठनले जनाएको छ ।

गोरखा नगरपालिकाबाट शुरु भएको अभियान अब पालिकासम्म पुर्‍याउने संगठनका जिल्ला इन्चार्ज राजकुमार गुरुङले जानकारी दिए ।

उक्त गाडीहरु कार्यालय परिसरभित्र राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज वेदनाथ भण्डारीले बताए । ‘प्रशासन कार्यालयबाट पास लिएको हो कि होइन हामीले बुझ्दै छौ,’ उनले भने, ‘पास नभएकालाई हामी नियम अनुसार कारबाही गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?