+
+

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १८:५१

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ग्राहकका लागि ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म यो योजना सञ्चालन हुने कम्पनीले जनाएको छ ।

योजना सार्वजनिक कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको समेत उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ र हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर १५ असोजदेखि १५ मंसिरसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कर्मचारीलाई लागु हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?