+
+

जावा येज्डीको चाडपर्व लक्षित योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १८:५६

काठमाडौं । जावा येज्डी मोटरसाइकलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकका लागि कम्पनीले “येज्डी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत येज्डीको भर्खरै बजारमा आएको एड्भेञ्चर, स्क्र्याम्ब्लर, रोडस्टार र जावाका अरु मोडलहरु किन्दा हरेक ग्राहकले ५ वर्षका लागि निःशुल्क सर्भिसिङ तथा अन्य उपभोग्य सामानहरु प्राप्त गर्नेछन् भने ३ वर्षका लागि वार्षिक कर निःशुल्क हुनेछ । यस्तै ५० हजार नगद छुट प्राप्त गर्नुका साथै आकर्षक उपहार समेत प्राप्त गर्ने छन् । साथै ग्राहकहरुलाई सजिलो फाइनान्सिङको समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ६ स्पिड गियर जडित येज्डी मोटरसाइकल ३३४ सीसीको बीएस सिक्स लिक्विड कुल्ड इन्जिनयुक्त छन् । जसले न्यूनतम २९.५० बीएचपी पावर र २८.२ एनएमको टर्क दिन्छ । यसैगरी येज्डी मोटरसाइकल डुअल च्यानल एबीएस, बाटो अनुसार चेन्ज गर्न सकिने स्विचेबल एबीएस मोड, स्लिपर क्लच र यूएसबी चार्जिङ पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरुले सुसज्जित छन् ।

चाडपर्व लक्षित यो योजना सीमित अवधिका लागि ल्याइएको र यो अफरले ग्राहकलाई चिन्तामुक्त भएर मोटरसाइकल चलाउने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?