+
+

किन घटिरहेको छ अमेरिकीहरूको आयु ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १३:३९

अमेरिकामा पछिल्लो सय वर्षमा पहिलोपटक मानिसहरुको औसत आयुमा ठूलो गिरावट आएको छ ।

योसँगै अमेरिकीहरुको औसत आयु ७६ वर्षमा झरेको छ । जबकि पछिल्लो दुई तीन वर्षअघि सम्म अमेरिकीहरुको औसत आयु ७९ वर्ष थियो ।

सन् १९०० को सुरुवातदेखि अमेरिकामा उत्कृष्ट चिकित्सा व्यवस्था तथा औषधिहरुको कारण मानिसहरुको औसत आयु उच्च रहँदै आएको थियो ।

तर पछिल्लो केही वर्षदेखि यसमा गिरावट आउन थाल्यो । हामीलाई लाग्नसक्छ कि कोभिड महामारीका कारण यस्तो भएको हुनसक्छ । तर, यसका केही अन्य चिन्ताजनक कारणहरु छन् र यसको प्रभाव खासगरी युवाहरुमा परिरहेको देखिएको छ ।

असमानता 

हुनत सन् २०२० मा कोरोना महामारी विश्वका विभिन्न देशमा एउटा राजनीतिक मुद्दासमेत बनेको थियो । तर, अमेरिकामा कोरोना महामारीको राजनीतिकरण सबैभन्दा धेरै भयो ।

अमेरिकामा केही मानिसहरु भ्याक्सिन लगाउनै हिच्किचाइरहेका थिए र महामारी नियन्त्रणका विभिन्न बन्देजहरुको विरोध गरिरहेका थिए ।

त्यसैले देशको कुल जनसंख्याको अनुपातमा अमेरिकामा कोभिड महामारीबाट मृत्यु भएको मानिसहरुको संख्या अन्य धनी देशहरुको तुलनामा बढि रह्यो ।

अमेरिकामा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० लाख नाघिसकेको छ । निसन्देह पछिल्ला केही वर्षमा अमेरिकामा मानिसहरुको असामयिक मृत्युको प्रमुख कारण कोभिड बन्यो ।

तर यसको अर्को कारण पनि छ । सनफ्रान्सिस्कोस्थित प्रेसिडियो ग्राजुएट स्कुलका प्राध्यापक जेरेमी नेय अमेरिकामा मानिसहरुको असमानताका विषयमा शोध गरेका छन् । उनका अनुसार औसत आयुको प्रत्यक्ष सम्बन्ध मानिसको आयआर्जन सँग हुन्छ ।

साल 2015 में न्यूयॉर्क में बड़े पैमाने पर प्रदर्शन हुए

उनी भन्छन्, ‘आय, आवास, शिक्षा तथा हिंश्रक अपराध जस्ता विषयहरुले हाम्रो औसत आयुमा प्रभाव पारिरहेका छन् । यदि तपाईं पिछडिएको तथा हिंसाग्रस्त क्षेत्रमा बस्नुहुन्छ भने हुनसक्छ तपाईं ६५ वर्षसम्म मात्र बाँच्न सक्नुहुन्छ । तर यदि तपाईं कुनै राम्रो क्षेत्रमा बस्नुहुन्छ भने तपाईंको आयु ८५ वर्षसम्म हुनसक्छ । अर्थात् उल्लेखित विषयहरुलाई तपाईंको आयुलाई २० वर्षसम्म घटबढ गराउन सक्दछन् । पछिल्लो ४० वर्षमा अमेरिकामा यही कारणले फरक-फरक ठाउँमा औसत आयुमा २० वर्षको अन्तर देखिने गरेको छ ।

जेनेरी नेयका अनुसार अमेरिकामा विभिन्न क्षेत्रमा चिकित्सा सेवाहरुको उपलब्धतामा भएको ठुलो अन्तरले गर्दा समेत ठाउँ अनुसार औसत आयुमा अन्तर देखिएको हो ।

अमेरिकामा गरीबहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि ६० वर्षअघि मेडिक एड कार्यक्रम सुरु गरिएको थियो ।

२० वर्षअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाको शासनकालमा उक्त परियोजनालाई विस्तार गरी धेरैभन्दा धेरै मानिसमा यसको लाभ पुर्‍याउने प्रावधान ल्याइयो । तर यसलाई लागू गर्ने सम्बन्ध्मा हरेक राज्यलाई आफैंले निर्णय गर्ने अधिकार थियो । १० वटा अमेरिकी राज्यहरुले यो योजनालाई विस्तार गर्नका लागि ल्याइएको प्रावधान लागू गर्न अस्वीकार गरे ।

नेयका अनुसार जुन राज्यहरुले उक्त योजना लागू गरेका राज्यहरुले प्रति एकलाख मानिसमा २ सय जनाको जीवन बचाउन सफल भएका छन् । साथै त्यहाँ असामयिक मृत्युको दरमा पनि ५० प्रतिशतले गिरावट आएको छ । यो एक केन्द्रीय योजना हो । यसलाई लागू नगर्ने राज्यहरुमा आम मानिसको आयुमा यसको प्रभाव परेको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्रको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा लागूऔषधको ओभरडोजका कारण एक लाख आठ हजारभन्दा धेरै मानिसको मृत्यु भयो । यो सन् २०२० को तुलनामा ५० प्रतिशत धेरै हो

विभिन्न शोधहरुले देखाए अनुसार अमेरिकामा पनि गरीब समुदायका मानिसहरुको औसत आयु कम छ । काला जाति तथा ल्याटिन अमेरिकी मूलका हिस्प्यानिक समुदायका मानिसहरुको औसत आयु गोरा अमेरिकीहरुको तुलनामा कम रहेको पाइएको छ ।

प्राध्यापक जेरेमी नेय भन्छन्, ‘औसत आयुको सम्बन्ध आय तथा नश्लसँग पनि देखिएको छ । दुर्भाग्यवश अश्लेष अमेरिकी मानिसहरुको आय प्रायः गोराजातिका अमेरिकीहरुको भन्दा कम हुन्छ । खासगरी देशको दक्षिणी भागमा । उनीहरु गोराजातिका मानिसको तुलनामा ५ वर्ष कम बाँच्छन् । कोभिड महामारीबाट अमेरिकामा मानिसहरुको औसत आयु घट्यो नै तथापि महामारी नहुँदा पनि अश्वेत मानिसहरुको औसत आयु कम नै रहेको छ ।

औसत आयु घट्नुको अर्को कारण अपराध र कारावास पनि हो । समाजमा असमानताको पनि यसमा ठूलो असर परेको छ । उदाहरणको रुपमा फ्लोरिडा राज्यका ती क्षेत्रहरु जहाँ मानिसहरुले राम्रो खाने र पर्याप्त व्यायाम गर्ने गर्दछन्, त्यहाँका मानिसहरुको औसत आयु धेरै छ ।

तर राज्यका युनियन काउन्टीमा पनि स्थिति खराब छ । राज्यको सबैभन्दा ठूलो जेल पनि त्यही छ । जेलमा कैद भएका धेरै मानिसहरुको मृत्यु कम उमेरमै भएको पाइन्छ ।

त्यस्तै औसत आयु घट्नुुको अर्को कारण युद्ध पनि हो । पछिल्लो २० वर्षमा इराक र अफगानिस्तानको लामो युद्धमा अमेरिका अल्झिएको छ ।

त्यसअघि भियतनाममा २० वर्षसम्म चलेको युद्धमा ५८ हजार अमेरिकी मारिएका थिए, जसको अमेरिकी समाजमा गहिरो असर परेको थियो ।

हतियार र आम गोलाबारी

ड्रग्स

अमेरिकामा बर्सेनी सयौं मानिस मारिने एक अर्को ठूलो कारण पनि छ । अमेरिकामा हरेक वर्ष आम गोलाबारी अर्थात् मास शूटिंगका घटनामा हजारौं मानिस मारिन्छन् ।

सन् २०२१ मा अमेरिकामा ४८ हजार मानिसहरु गोली लागेर मारिएका थिए । पछिल्ला वर्षहरुमा यसमा वृद्धि भैरहेको छ ।

अमेरिकाको सेन्टर फर इन्जुरी प्रिभेन्सन एण्ड कन्ट्रोलको स्थापना गर्नमा प्रमुख भूमिका निर्वाह गरेका डाक्टर मार्क रोजनबर्गका अनुसार अमेरिकामा एक वर्षको उमेरदेखि १७ वर्षसम्मका मानिसहरु मृत्यु हुनुको सबैभन्दा ठूलो कारण नै बन्दुक जस्ता हतियार हुन् ।

हतियारबाट हुने हिंसामा भएको वृद्धिको एउटा कारण यो पनि छ कि पछिल्ला केही दशकहरुमा अमेरिकामा हतियारको बिक्रीमा भारी वृद्धि भएको छ ।

अहिले अमेरिकामा आम मानिसहरुसँग करोडौंको संख्यामा हतियार छन् । मानिसहरुले आफ्नो घरमा बन्दुक राख्दछन् जो कुनै पनि बेला परिवारका बच्चाबच्चीको हातमा पुग्दा दुर्घटनावस गोली चलेर समेत मृत्युका घटना हुने गरेका छन् ।

कैयन् अमेरिकी युवाहरुले गैरकानूनी तरिकाबाट हतियार प्राप्त गर्दछन् । त्यसमा कतिपय मानिसहरु गरिबी तथा मानसिक रोगबाट पनि पीडित हुन्छन् र त्यस्तो अवस्थामा अन्य व्यक्ति वा आफैंलाई समेत गोली ठोक्दछन् ।

लागुऔषध तथा औषधिको ओभरडोज

अमेरिकाको रोग नियन्त्रण केन्द्रको रिपोर्ट अनुसार गत वर्ष अमेरिकामा लागूऔषधको ओभरडोजका कारण एक लाख आठ हजारभन्दा धेरै मानिसको मृत्यु भयो । यो सन् २०२० को तुलनामा ५० प्रतिशत धेरै हो ।

वेस्ट भर्जिनिया विश्वविालयको स्कुल अफ मेडिसिनका प्राध्यापक ज्यूडिट फेनबर्गले सन् १९८० को दशकपछि अमेरिकामा लागूऔषधको लत तथा एचआईभी एड्सका विषयमा व्यापक अध्ययन गरेका छन् ।

अमेरिकामा हरेक वर्ष क्यान्सर तथा मुटुरोगबाट ६ लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ । यो संख्या विस्तारै बढिरहेको छ । प्रायः मोटोपनाको समस्यालाई पनि घट्दो औसत आयूसँग जोडेर हेर्ने गरिएको छ । मोटोपनाले मुटुरोगका बिरामीमा झनै जोखिम बढाउँछ

उनी भन्छन्, ‘मैले सन् २००५ मा सिनसिनाटीमा हेरोइनको सुई लगाउँदा हुने रोगहरुका केही घटना देख्दा मलाई आश्चर्य लाग्यो । किनकि त्यो बेलाम्म अमेरिकाको त्यस इाकामा हेरोइनको प्रयोग खासै चर्चामा थिएन । मलाई त्यो समस्या निकै तिव्र रुपमा फैलिन सक्छ भन्ने लागेको थियो ।’

सन् १९८० को दशकमा लागुऔषधको लत ठूला सहरहरुमा धेरै पाइन्थ्यो । तर पछि पूरै अमेरिकाभर नै यस्तो कुलत फैलिन थाल्यो ।

साना सहरका मजदुरहरुमा पनि यो लत फैलिरहेको थियो । तर ती मानिसहरु हिरोइन जस्ता लागुऔषध नभई यस्ता औषधिहरुको सेवन गरिरहेका थिए जो निरन्तर हुने दुखाईको उपचारका लागि डाक्टरहरुले सिफारिस गर्दथे ।

डाक्टरहरुका अनुसार बिरामीमा यी औषधिको लत लाग्ने वा त्यसमा निर्भर हुने समभावना कम हुन्छ । तर समयक्रममा डाक्टरहरुको त्यस्तो भनाई पूर्णरुपमा गलत रहेको पुष्टि भयो । बिरामीहरुलाई जाँच विना नै यस्ता औषधिहरु सिफारिस गर्ने क्रम बढ्दा त्यसले ठूलो संकट ल्यायो ।

फेनबर्गका अनुसार त्यसबेला पश्चिम भर्जिनियाको कर्मिक नामक ३ सय ९२ जनसंख्या रहेको एउटा सानो टोलमा रहेको औषधि पसलमा ओपिअइड औषधि किन्नका लागि बाहिरका मानिसहरुको ठूलो लाइन लाग्दथ्यो र उक्त पसलले चार वर्षमा उक्त औषधिका सबा करोड चक्की बेचेको थियो ।

तथ्यांक अनुसार सन् २०२२ मा अमेरिकामा लागुऔषध तथा यस्ता औषधिको ओभरडोजका कारण मर्नेको संख्या एक लाखभन्दा धेरै छ । जुन गोलाबारीमा मर्नेको संख्याभन्दा दोब्बर हो ।

क्यान्सर तथा मुटुरोग

कोभिड महामारीको तीन वर्षमा अमेरिकामा १० लाखभन्दा धेरैले ज्यान गुमाएका थिए । तर अमेरिकामा औसत आयूमा प्रभाव पार्ने अन्य रोगहरु पनि छन् ।

अमेरिकामा क्यान्सर तथा मुटुरोगबाट मृत्यु हुनेको संख्या बढिरहेको छ जुन लागुऔषधको ओभरडोज, आत्महत्या तथा मदिराका कारण हुने मृत्युभन्दा दोब्बर छ । तर यसलाई कम गर्नका लागि अघिल्ला दशकहरुमा जस्तो अहिले प्रयास नगरिएको हार्वर्ड विश्वविद्यालयमा स्वास्थ्य अर्थशास्त्रकी प्राध्यापक एलिन मारा बताउँछिन् ।

अमेरिकामा हरेक वर्ष क्यान्सर तथा मुटुरोगबाट ६ लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ । यो संख्या विस्तारै बढिरहेको छ । प्रायः मोटोपनाको समस्यालाई पनि घट्दो औसत आयूसँग जोडेर हेर्ने गरिएको छ । मोटोपनाले मुटुरोगका बिरामीमा झनै जोखिम बढाउँछ ।

अमेरिकामा सबैलाई स्वास्थ्य सेवा उपलब्ध भैरहेको छैन, खासगरी गरीबलाई । यो नै औसत आयु घट्नुको पमुख कारण भएकोमा प्राध्यापक मारा पनि सहमत छिन् ।

उनी भन्छिन्, ‘मेडिक एड जस्ता परियोजनाबाट धेरै मानिसको ज्यान बचाउन सकिएको कुरा प्रमाणित भैसकेको छ । तर अमेरिकाका सबै राज्यमा यो योजनाको विस्तारलाई लागू गरिएन ‘। र, त्यसरी लागू नगरिएका राज्यमा मृत्युदर अधिक छ ।

अमेरिकामा स्वास्थ्य बीमा भएका धेरै मानिसहरु लागत साझेदारीको प्रावधानका कारण उपचारका लागि आफैले रकम तिर्नुपर्ने बाध्यतामा छन् ।

एलिन माराका अनुसार यदि मानिसहरुलाई आफूलाई हृदयाघात हुन लागेको शंका भए पनि उनीहरु खर्चकै आकस्मिक रुपमा अस्पताल जान डराउँछन् । औषधि महंगो हुँदा मानिसहरुले ती औषधि पनि कम किन्छन्, जसको घातक असर उनीहरुको स्वास्थ्यमा पर्दछ ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?