+
+

कनेक्ट आईपीएसबाट हवाई टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १९:३६

काठमाडौं । कनेक्ट आईपीएसले चाडपर्वलाई लक्षित गर्दै ‘उडु–उडु लाग्छ अफर’ सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको टिकट अनलाइन बुकिङ गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै, ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेसन जित्न सक्नेछन् ।

क्यासब्याक अफर बुद्ध एयर प्रालि, सौर्य एयरलाइन्स (पी) लिमिटेड, श्री एयरलाइन्स प्रालिर यती एयरलाइन्स प्रालिको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध हुने कनेक्ट आईपीएसले जनाएको छ ।

यो अफर १४ असोजदेखि ११ कात्तिक, २०८० सम्म उपलब्ध हुनेछ । एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुनेछन् ।

अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिने र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिने कनेक्ट आईपीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?