+
+

दशैंका बेला यातायात र सडकबारे छलफल गर्न संसदीय समितिले मन्त्रीलाई बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १७:३२

१५ असोज, काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधबार मन्त्री ज्वाला र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

दशैं, तिहारमा सर्वसाधारण काठमाडौंबाट घर जाने बेला यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले भत्किएका सडक मर्मतका विषयमा मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए ।

‘…राजमार्गहरु पहिरोले तहसनहस भएको छ । त्यसलाई चाँडो बनाउनका लागि र उपत्यकाबाट बाहिरी जिल्लाहरुमा लाखौंको संख्यामा जनताहरु आफ्नो घरघर जाने भएकाले त्यसको जाने व्यवस्था, बसको टिकट, बस व्यवस्थापनका लागि अनुरोध गर्न मन्त्रीज्यूलाई पनि बोलाउन लागिएको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?