
फाइल तस्वीर
१६ असोज, काठमाडौं । कोभिड–१९ महामारीपछि सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान भएको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार १ सय अन्तर्राष्ट्रिय ‘फ्लाइट मुभमेन्ट (उडान–अवतरण)को तालिका रहेको थियो । साथै अन्तर्राष्ट्रियमा दैनिक यात्रु चाप १४ हजार ५ सय पुगेको छ ।
उनका अनुसार पछिल्ला दिनमा चार्डर्ट उडानको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।
कोभिड-१९ भन्दा अगाडि सबैभन्दा व्यस्त भएको दिन ११० वटासम्म अन्तर्राष्ट्रिय फ्लाइट मुभमेन्ट भएको रेकर्ड रहेको छ ।
चाडबाडको समयमा आफ्नो मुलुक फर्कने नेपालीसँगै पर्यटकको आवागमनसमेत बढ्दा अहिले उडानमा चाप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4