+
+

धादिङमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १०:१७

१७ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।

धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारका अनुसार काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत ती दुई विद्यार्थीहरुको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि गजुरी अस्पताल पठाइएको छ ।

घटनापछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजन र ट्रक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?