१७ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा ढलेको रुख हटाइएको छ । रुख ढलेपछि सडक अवरुद्ध भएको थियो ।
हिजो साँझ ५ बजेतिर ठूलो रुख एक्कासी जरैदेखि ढलेको थियो । रुखले विद्युतका पोल भाँचिएका छन् । एउटा कार पनि रुख मुनि परेको थियो । तर कारमा धेरै क्षति नभएको डिएसपी उमेश जोशीले जानकारी दिए ।
‘रुख पन्छाएर बाटो खुलाइसकेका छौं, केही विद्युतका पोल ढलेका छन्,’ डीएसपी जोशीले भने, ‘अहिले सबै अवस्था सामान्य छ ।’
गत वर्ष पनि असोज महिनामा महालक्ष्मीस्थान परिसरमा रहेको पिपलको ठूलो रुख ढल्दा घरहरुमा क्षति पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4