+
+

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १७:२२

१७ असोज, नेपालगन्ज । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ ।

चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दलहरु, सुरक्षा निकाय, स्थानीय नागरिक सरोकारवालाहरुले गरेका हुन् ।

सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?