+
+

सवारी दुर्घटना रोक्न दाङमा प्रहरीले चलायो ट्राफिक सप्ताह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते ७:५४

१८ असोज, दाङ । दाङमा प्रहरीले ट्राफिक सप्ताह सुरु गरेको छ । बुधबार एक समारोहकाबीच ट्राफिक सप्ताह अभियानको उट्घाटन गरिएको हो ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयले ट्राफिक सप्ताह सुरु गरेको हो ।

ट्राफिक सप्ताह अन्तर्गत जिल्लामा सातदिनसम्म ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण मल्लले बताए ।

उनका अनुसार अभियानको सातदिनमा स्कूल र कलेजहरुमा ट्राफिक नियम सम्बन्धी सचेतना, दुर्घटना न्यूनीकरणसम्बधी सरोकारवालाहरुसँग अन्तरक्रिया, ट्राफिक नियम सम्बन्धी होर्डिगं बोर्ड, सरसफाइ लगायतका कार्यक्रमहरुलाई विषेश अभियानका रुपमा सञ्चालन गरिनेछ ।

त्यस्तै ट्राफिक सचेतना सम्बन्धी प्रचार पम्प्लेट वितरण, चालक परिचालक प्रशिक्षण, साना तथा ठुला सवारीमा स्टिकर टाँस गर्ने र ग्रामीण भेगमा समेत सचेतनाका कार्यक्रम गरिने ट्राफिक प्रहरी प्रमुख मल्लले बताए ।

उनले विभिन्न संघ सस्थासङ्ग समन्वय गरेर बजारका सडकहरुमा जेब्रा क्रसिङसमेत निर्माण गरिने बताए ।

नजिकदै गरेको चाडबाडमा हुन सक्ने दुर्घटनालाई लक्षित गरेर ट्राफिक सप्ताह सञ्चालन गरिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?