+
+
Shares

अब हलिउडतिर ज्याकलिन, जीन क्लाउडसँगको फोटो सेयर गर्दै दिइन् संकेत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते ११:४७

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस केही समयदेखि कुनै ठूला फिल्ममा देखिएकी छैनन् । तर सामाजिक सञ्जालमा उनको पछिल्लो पोस्टले हलचल मच्चाएको छ ।

यो पोस्टमा उनी हलिउड अभिनेता जीन क्लाउड भान डम्मेसँग देखिएकी छिन् । पोस्ट हेरेपछि अभिनेत्रीको हलिउड एन्ट्रीको चर्चा सुरु भएको छ । दीपिका पादुकोण र आलिया भट्टपछि ज्याकलिन पनि हलिउड जाने तयारीमा रहेको भन्दै फ्यान प्रतिक्रिया दिइरहेका छन् ।

ज्याकलिन र क्लाउडको तस्वीर हेरेपछि सबैले अनुमान लगाउन खोजिरहेका छन् कि यी दुईबीच के पाकिरहेको छ ? साथै अभिनेत्रीले पोस्टसँग लेखिएको क्याप्सनमार्फत केही संकेत पनि दिएकी छिन् । तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘विथ भान डम, यो सहकार्यको लागि अरु पर्खन सक्दिनँ ।’

पोस्टमा कमेन्ट गर्ने फ्यानले ज्याकलिनले फिल्म वा अन्य कुनै प्रोजेक्ट गर्न लागेको भन्दै प्रश्न सोधेका छन् । एक जना फ्यान लेख्छन्, ‘ओ ! उससँग ज्याकलिन कसरी पुगिन् ? केही हुन लागेको जस्तो देखिन्छ । जबकि अर्कोले लेखे, विश्वास गर्न सक्दिन । अर्को फ्यानले लेखे, राम्रो सहयोग ।’

अभिनेत्रीको पोस्टमा वरुण धवनले पनि प्रतिक्रिया दिएका छन् । वरुणले पहिले नै ज्याकलिनलाई जीनसँग काम गर्नका लागि शुभकामना दिएका छन् । यो पोस्ट हेरेर फ्यानले अब उनी हलिउड जान सक्ने अनुमान गरेका छन् ।

कामको कुरा गर्ने हो भने ज्याकलिन आगामी दिनमा फिल्म ‘फतेह’मा अभिनेत्री सोनु सुद र विजय राजसँग देखिनेछिन् । उनी पछिल्लो पटक रोहित शेट्टीको फिल्म ‘सर्कस’ मा देखिएकी थिइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?