+
+

रोहतोको आयोजनामा जावलाखेलमा नि:शुल्क आँखा शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १३:२५

काठमाडौं । रोहतो मेन्थोलेटम नेपालले ललितपुरको जावलाखेलमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

आफ्नो वातावरण, समाज र स्वास्थ्य(ईएसएच) कार्यक्रम अन्तर्गत आँखा शिविर सञ्चालन गरिएको रोहतो मेन्थोलेटमले जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुमा आँखाको स्वास्थ्य प्रवर्द्धन गर्नका साथै आँखा हेरचाहका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

शिविरमा ३५० भन्दा बढी स्थानीयहरु लाभान्वित भएको आयोजकले जनाएको छ ।
शिविरमा अनुभवी नेत्ररोग विशेषज्ञद्वारा नि:शुल्क आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा नि:शुल्क आँखा जाँचका लागि आएका मध्येबाट १५ जनालाई निःशुल्क मोतियाविन्दुको शल्यक्रियाको व्यवस्था रोहतोले गरेको थियो । जसलाई रोहतोको सहायक कम्पनीले उत्पादन गरेको इन्ट्रा ओकुलर लेन्स (आईओएल) प्रत्यारोपण गरेको थियो । साथै धेरै बिरामीलाई चश्मा तथा अन्य आवश्यक औषधिहरूपनि उपलब्ध गराइएको थियो ।

उक्त शिविर लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ एच, नेपालको व्यवस्थापकीय सहयोग तथा बीपी आँखा फाउन्डेसन (चियर्स अस्पताल) को प्राविधिक सहयोग रहेको थियो भने एकान्तकुनामा रहेको जावलाखेल हस्तकला केन्द्रले शिविर स्थलको व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?