+
+

देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १८:०१

१९ असोज, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै शुक्रबार पुनले वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक उत्पादन गर्ने खालको शिक्षा नीति बनाउन संविधानले निर्दिष्ट गरेको उल्लेख गरे ।

संविधान निर्माण भएको ८ वर्षपछि ढिलै भए पनि सरकारले विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकामा धन्यवाद दिनुपर्ने भन्दै पुनले कतिपय त्रुटीलाई छलफल र संशोधनमार्फत सच्याएर परिस्कृत कानून निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘सरकारले ढिलो भए पनि विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकोमा धन्यवाद दिन चाहन्छु’, पुनले भने, ‘संविधाको मुल सैद्धान्तिक मर्म भनेको हामीले यस्तो राष्ट्रिय जनशक्ति उत्पादन गरौं, जसले देशलाई समाजवादतिर लिएर जान सकोस् । वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक यार पार्ने शिक्षाको कुरा हो । त्यस प्रकारको शिक्षाको प्रिन्सिफल वा सिद्धान्ततिर संधिानले दिशानिर्देश गरेको छ ।’

सरकार स्वयंले शिक्षकसहित सरोकारवालासँग विधेयकमा भएका कमजोरीलाई सार्वभौम संसदमार्फत सच्याएर सबैको भावना समेटिने गरी कानून बनाउने प्रतिबद्धता जनाएको भन्दै उनले विधेयकमा पर्याप्त छलफल र परिमार्जन जरुरी रहेको औंल्याए ।

विधेयकका कतिपय व्यवस्था संघीय प्रणाली अनुकुल नभएको भन्दै उनले संशोधनमार्फत परिमार्जन गरिनुपर्ने बताए ।

‘हामीले राज्य प्रणालीमा पर्याप्त परिवर्तन गरेका छौं । त्यो भनेको संघीय स्वरुप हो । संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय पुगेका छैनन् । छलफल र संशोधनमार्फत परिमार्जन गरेर जानुपर्छ’, उनले भने ।

शिक्षा राज्यको दायित्व भएकामा जोड दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले राज्य एक्लै भन्दा पनि शिक्षक र अभिभावकसहित विभिन्न सरोकारवाला पक्षसँग सहकार्य गरेर जानुपर्ने जनाए । आन्दोलन गरेका शिक्षक, अभिभावक, प्रदेश र स्थानीय तहका सरकार लगायतका आवाज समेटेर संशोधनसहित विधेयक पारित गर्न सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?