+
+

दाङमा श्रीमान् श्रीमती मृत फेला  

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १५:२९

२० असोज, दाङ । दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।

तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

भण्डारी युवक झुण्डीएको अवस्थामा र युवती डाँगी टाउकोमा चोट लागि बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले बताए ।

घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने देखिएको केसीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

दुई महिना अघिमात्र बिबाह गरेका उनीहरुले तुलसीपुरमा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्दै आएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?