
२१ असोज, काठमाडौं । एकै पटक दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले नेपालमा माउन्टेन फ्लाइट गरेका छन् ।
शनिबार भारतको एकप्स सिस्टम इन्डिया प्रालिका ८० कर्मचारीले २ वटा विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन् ।
उनीहरुले यती एयरलाइन्सको एटीआर ७२ विमान चाटर्ड गरेका थिए ।
काठमाडौंको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा यूएईमा रहेको एकप्सको विभिन्न कार्यालयबाट आएका भारतीय नागरिकहरुले माउन्टेन फ्लाइट गरेका हुन् ।
उनीहरुले सगरमाथासहितका क्षेत्रको फ्लाइट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4