+
+

जनताले संघीयता मान्य छैन भनेर देखाइसके : अध्यक्ष केसी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १६:१९

२१ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताए ।

उनले भने, ‘६ वर्षमा संविधानमा लेखिए अनुसार त्यसको न्वारन पनि हुन्छ । न्वारनमा बाहुनहरुले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पात मच्चिन्छ । कतिचोटी त्यहाँ सरकार बने ? कति भत्किइरहेछन् । यो जात्रा सुन्न र देख्न नेपाली जनताले परेको छ । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुँदै होइन । नेपाली जनताले महशुस गरिसके। ‘

उनले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताए । उनले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गरे । उनले मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गरे ।

‘हामीले यहाँ जति घोक्रो फुलाए पनि नेपाली जनतालाई यो मान्य छैन भनेर देखाइसके । कोशीमै देखाइरहेका छौँ । यस्तो देख्दादेख्दै किन हामीले लाज पचाइरहेका छौँ ? हामीले किन जबर्जस्ती गरिराखेका छौँ ?’ उनले भने ।

उनले भने, ‘म यहाँ सुनिरहन्छु, संघीयता बलियो बनाउनुपर्छ । एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न । कोशी प्रदेशको ।

अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गरे । उनले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए ।
‘संघीयताको मुरली माननीयजीहरुले बजाइरहनु भएको छ । त्यसकारणले संघीयताले गरेर खाएन अब । मुख्यमन्त्रीहरुलाई काठमाडौं भैँसेपाटीमा दरबार बनाउने हो ?’, उनले भने, ‘उहाँहरु प्रदेशबाट आएर यहाँ बास बस्न कठैबरा । यही हो ? अब चल्छ संघीयता ? धान्न सक्नुहुन्छ तपाईहरुले ? लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ । नगरपालिका र गाउँपालिकालाई अधिकार दिऔँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?