+
+

नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १८:२१

काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।

नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २१ असोजदेखि लागु हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए ।

२०६२ सालमा नेपाल बैक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका उनीसँग १५ वर्ष लामो समयसम्म नेपाल बंगलादेश बैंकमा काम गरेको अनुभव छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ती पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

व्यावसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् ।

वित्तीय क्षेत्र र पूँजी बजारमा विशेष दख्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्युरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?