+
+

इजरायलमा सुरक्षित छिन् साम्बा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १६:३७

२२ असोज, काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल गएकी सावित्रा भण्डारी साम्बाले आफू सुरक्षित रहेको बताएकी छिन् ।

इजरायलबाट अनलाइनखबरको सम्पर्कमा आएकी उनले आफू अहिले तेलअविवमा रहेकाे र त्यहाँ कुनै खतरा नरहेको बताइन् ।

उनी शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाबाट फुटबल खेल्न इजरायल गएकी थिइन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले भने सावित्रा संकटमा रहेको भए राजदूतावासको सहयोगमा नेपाल झिकाउने बताएको छ ।

रसियामा रहेका एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले अनलाइनखबरसँगको कुराकानीमा सावित्राको सुरक्षाका बारेमा आफूहरु चिन्तित रहेको र उनलाई झिकाउन प्रयास भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?