+
+

नेपालको प्रतिनिधित्व गर्नु गौरव हो : सावित्रा भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते ११:३९

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन् ।

बिहीबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देशको लागि खेल्नु गर्वको विषयको भएको बताएकी छन् । ‘देशको लागि खेल्नु मेरो लागि आज पनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना सोचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला, उनले लेखेकी छन् ।’

यस्तै उनले व्यवसायिक करियरलाई र सम्झौतालाई पनि सम्मान गर्नुपर्ने अवस्था आएको बताइन् । ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ,’ सावित्राले लेखेकी छन्, ‘क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’

सावित्रा नहुँदा नेपाली टिमलाई मनोवैज्ञानिक रुपमा असर पर्नेछ । साम्बा नहुँदा विपक्षीको लागि पनि फाइदा पुग्नेछ । तर, सावित्राले नेपाली टिम राम्रो लयमा रहेको र आफू नभए पनि नेपालले एक टिमको रुपमा उच्च प्रदर्शन गर्दै जित्न सक्षम रहेको बताएकी छन् । ‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुन: एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।’

खेलाडीको रुपमा मैदानमा उपस्थित नभए पनि मैदान बाहिर बसेर टिमलाई समर्थन गर्ने बताइन् । ‘खेलाडीको रुपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम । हामी सक्छौं, हामी गर्छौं ।’

नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार राति नेपाली समय अनुसार पौने १० बजे हुनेछ ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुने यो फाइनल खेल भने सावित्राले खेल्ने छैनन् ।

केही समयअघि मात्रै युरोपमा व्यवसायिक करियर सुरु गरेकी सावित्राले राष्ट्रिय टिमको खेल छाडेर क्लब ड्युटीमा जानुपर्ने भएपछि फाइनल खेलमा अनुपस्थित हुने भएकी हुन् ।

नेपाली महिला टिमले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा १० फाइनल खेल पनि सधैं उपविजेतामै रोकिंदै आएको छ । यसपटक भने नपालले उपाधि जित्र इतिहास रच्ने लक्ष्य बनाएको छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?