+
+

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १२:५१

१६ फागुन, काठमाडौं । नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् ।

वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध फ्रेञ्च क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो ।

बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिएको हो ।

सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो ।

तर वाफको फाइनल भने फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा क्लबमा फर्किनु परेको हो ।

उनले जोर्डनविरुद्धको खेल गुमाउने छिन् । वाफ च्याम्पियनसिपको फाइनलमा फागुन १७ गते बिहिबार हुनेछ । प्रतियोगिताका ४ खेलमा सावित्राले ९ गोल गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?