+
+

सावित्रालाई सर्वाधिक गोलकर्ताको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ०:२७

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी वाफ वुमन्स च्याम्पियनसिपको सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी छिन् ।

क्लब ड्युटीका कारण फ्रान्स फर्केपछि जोर्डन विरुद्धको फाइनल गुमाएपनि सावित्राले ४ खेलमा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरेकी थिइन् । उनले सेमिफाइनलसम्म खेलेको चारै खेलमा गोल गरेकी थिइन् । इराक विरुद्ध ५ गोल गरेकी उनले प्यालेस्टाइन विरुद्ध २ तथा सिरिया र सेमिफाइनलमा लेवानोन विरुद्ध १-१ गोल गरेकी थिइन् ।

बिहीबार साउदी अरेबियाको जेद्दाहमा भएको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित हुँदै उपविजेता बनेको छ ।

यस्तै जोर्डनलाई च्याम्पियन बनाउने टिमकी कप्तान मायासा जिबाराह उत्कृष्ट खेलाडी घोषित भइन् भने जोर्डनकी गोलकिपर शेरिन उत्कृष्ट गोलकिपर चयन भइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?