+
+

वाफ वुमन्स च्याम्पियनसिप उपविजेता टोलीका खेलाडीलाई जनही ५१ हजार दिने एन्फाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते ९:२४

१९ फागुन, काठमाडौं ।  साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।

शुक्रबार राती स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीका खेलाडीहरुलाई ५१-५१ हजार प्रदान गर्ने घोषणा गरेका हुन् ।

पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको नेपाली टोली फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित हुँदै उपविजेता बनेको थियो । प्रतिस्पर्धात्मक खेलको निर्धारित २-२ को बराबरीमा सकिएको थियो । तर पेनाल्टीसुटआउटमा नेपाल अभागी बन्यो ।

आठ पटक प्रतियोगिता खेल्दा जोर्डनले भने छैटौं पटक उपाधि जित्यो ।

नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो ११औं पटक हो । प्रतियोगितामा नेपाली फरवार्ड सावित्रा भण्डारीले चार खेल खेल्दै सर्वाधिक  ९ गोल गरिन् । फ्रेन्च क्लबमा अनुबन्ध हुादै इतिहास रचेकी उनी जोर्डन विरुद्धको फाइनल खेलमा भने अनुपस्थित भइन् । क्लब ड्युटीका कारण उनी फाइनल छाडेर फ्रान्स फर्किएकी थिइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?