+
+

काठमाडौं महानगरमा अबण्डाको रकम खर्च गर्ने अधिकार वडालाई 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १४:३४

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अबण्डामा राखिएको रकम खर्च गर्न महानगर प्रमुख बालेन्द्र शाहले वडालाई तजबिजको अधिकारी दिएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माण बजेट खर्च गर्ने सम्बन्धी मार्गदर्शन अनुसार वडास्तरीय बजेटमा, पूर्वाधार र कार्यक्रम सहयोगमा विनियोजित अबण्डा रकम मेयर शाहबाट स्वीकृत गराए मात्रै कार्यान्वयन गर्नुपर्ने उल्लेख थियो । तर, वित्त विभागले वडामा रहेको एकमुष्ट बजेट वडा समितिको निर्णय अनुसार बाँडफाँट गरी कार्यान्वयन गर्नेगरी मेयर शाहको निर्णय गरेको भन्दै वडालाई पत्राचार गरेको हो ।

यो सँगै पूर्वाधार तथा कार्यक्रम शीर्षकमा वडामा हुने अबण्डा रकम वडाले आफ्नो ढंगले परिचालन गर्न सक्ने भएको छ ।

महानगरका वित्त विभागका निमित्त प्रमुख विकास चित्रकारले वडाले आफ्नो आवश्यकताको आधारमा अबण्डा रकम राखे हुने बताए ।

‘प्रत्येक कार्यक्रम स्वीकृतिका लागि प्रमुखज्यू भएकै ठाउँमा आउन नपरोस् भनेर वडालाई नै अधिकार दिएको हो,’ चित्रकारले अनलाइनखबरसँग भने ।

हेर्नुेस पत्रः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?