+
+

निमित्त प्रहरी प्रमुख राईसहितको टोली अमेरिका प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते ११:१६

२४ असोज, काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई नेतृत्वको ३ सदस्यीय टोली मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ ।

सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने चिफ अफ पुलिस कन्फरेन्समा सहभागी हुन एआईजी राईसहितको टोली अमेरिकातर्फ गएको हो ।

टोलीमा राईसहित डीआईजीद्वय दुर्गा सिंह र केदार ढकाल समेत छन् । राईको अनुपस्थितिमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दिपक थापाले सम्हाल्ने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

अमेरिका जाने टोलीलाई एआईजी थापासहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेको थियो । कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिसिङका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप मानव बेचबिखनका पीडितको सशक्तिकरण र विश्वास अभिवृद्धि आर्टिफिसियल इन्टलिजेन्स लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरसहितको टोली अहिले बेलायत भ्रमणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?