+
+

कैद माफी पाएका रिगललाई जेल चलान गर्नुपर्ने माग राख्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १५:२२

२४ असोज, काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटनाले संविधानको धज्जी उडाएकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको बताइन् । अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन् ।

उनलाई कैद मिनाहा दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनशनरत छिन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा रिगल अदालतबाट दोषी ठहर भई जेल परेका थिए ।

खुँडा प्रहार गरेर व्यक्तिहत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।

रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?