+
+

सुपारी निकासीबारे छलफल गर्न तीन समितिको संयुक्त बैठक बोलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १६:३८

२४ असोज, काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सहित संयुक्त बैठक बोलाउने र नेपाली सुपारी किसानहरुको मारलाई सम्बोधन गर्न छलफल गर्ने निर्णय गरेको हो ।

समितिकी सभापति डा. आरजु राणाले भनिन्, ‘दशैंअघि नै सबैको अनुकूल हुने गरी एउटा मिटिङ राख्छौं । यसका लागि समय मिलाउन समितिलाई भनेका छौं ।’

समितिले माछा पालक किसानहरुको समस्या समाधानका लागि पनि आन्तरिक छलफल गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?