+
+

गृहमन्त्रालयसँग संसदीय समितिले माग्यो पीएसओ र ड्राइभरको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २०:०४

२४ असोज, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण सरकारसँग मागेको छ ।

समिति सभापति रामहरि खतिवडाका अनुसार विवरण प्राप्त भएपछि त्यसको प्रयोग/दुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुनेछ ।

पिएओलाई घरयासी काममा लगाउने लगायतका प्रवृतिका विषयमा सार्वजनिक रुपमा समेत प्रश्नहरु उठिरहेको भनी वास्तविकता बुझ्न समितिले विवरण माग गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुराका अनुसार यही असोज ७ गते गृहमन्त्रालयाई पत्र पठाएर १५ दिनभित्र पीएसओ र ड्राइभरको विवरण उपलब्ध गराउन भनिएको थियो । १५ दिनभित्र विवरण उपलब्ध नभएपछि असोज २३ गते समितिले पुनः पत्र पठाएर ताकेता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?