+
+

देव खनाल यू-१९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १०:०३

२५ असोज, काठमाडौं । देव खनाल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

मलेसियमा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेलमै इरानविरुद्ध शतक प्रहार गर्दै देवले उक्त कीर्तिमान बनाएका हुन् । देव यू-१९ टिमका कप्तान समेत हुन् ।

देवले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । शतक प्रहार गरेपछि नै उनी आउट भएका थिए ।

यसअघि उनले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शतक प्रहार गरेका थिए ।

एकै उमेर समूमा दुई शतक हानेर कीर्तिमान बनाएका देवकै कप्तानीमा नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट भइसकेको छ ।

नेपालका लागि यसअघि रित गौचमले दुई फरक उमेर समूहमा शतक प्रहार गरेका थिए । रितले नेपाल यू-१६ र यू१९ दुवैमा नेपालका लागि शतक प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?