+
+

अर्थतन्त्र संकटमा छ भन्ने भाष्य गलत छ : उद्योगमन्त्री रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते ११:३१

२५ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताए ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने भन्दै उनले एकले अर्कालाई दोष दिएर समस्या समाधान नहुने बताए । ‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ,’ मन्त्री रिजालले थपे,’ सबै पक्ष मिलेर अघि जाने हो । एक अर्कोलाई दोष थोपरेर हिंड्नु गलत छ ।’

मन्त्री रिजालले ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?