
२५ असोज,काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका भौतिक संरचना भत्काएको छ ।
महानगरको १७ नम्बर वडामा नक्सापास विना बनेको घरको टपमा बनेको संरचना भत्काएको महानगरले जनाएको छ ।
यस्तै १४ नम्बर वडा कलंकीमा ३ वटा सटर महानगर प्रहरीले भत्काएको छ । सडकको अधिकार क्षेत्र भित्र पर्ने नक्सा पास विनाको सटर महानगरले भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
‘सडकको अधिकार क्षेत्रमा पर्ने, सार्वजनिक स्थानमा बनेका अनधिकृत संरचना, मापदण्ड र नक्सापास विनाको संरचनामा महानगरले दैनिक जसो हटाइरहेको छ । गुनासो आएको ठाउँमा नगर प्रहरीले तत्काल एक्सन लिन्छ,’ पाण्डेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4