+
+

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित, किन माग्दैछन् प्रिन्सिपलको राजीनामा ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १४:५५

काठमाडौं । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रिन्सिपल प्रा. डा. लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् ।

कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् । तर यो ड्रेस कोड आफूहरुलाई मान्य नहुने विद्यार्थीहरुको अडान छ ।

प्रा. डा. पाठकले आफूहरुलाई अनावश्यक तनाव समेत दिएको विद्यार्थीहरूको आरोप छ । ‘प्रिन्सिपलले विभिन्न बहानामा विद्यार्थीहरुलाई दु:ख दिनुभयो,’ अन्दोलनरत एक विद्यार्थीले भनिन्, ‘हामीले चार दिनदेखि आन्दोलन गरिरहेका छौँ । उहाँले हामीसँग वार्ता गर्न चाहनुभएको छैन । केही दिनअघिसम्म हामी उहाँसँग कुरा गरेर समस्या समाधान गर्न चाहन्थ्यौं तर उहाँले हामीसँग कुरा गर्न चाहनुभएन । अब वार्ता होइन, उहाँको राजीनामा माग गरेका छौं ।’

उनका अनुसार ड्रेस कोड लागू भएका कारण मात्र विद्यार्थीहरु आन्दोलित भइका होइनन् । प्रिन्सिपलले विद्यार्थीहरूको परीक्षा रोकिदिने र दुर्व्यवहार गर्ने गरेको उनको आरोप छ ।

यसैबीच कलेजकी प्रिन्सिपल पाठकले आन्दोलनरत विद्यार्थीहरुले आफूलाई बन्धक बनाएर राखेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । तर विद्यार्थीहरुले भने यसलाई खण्डन गरेका छन् । यस विषयमा पाठकको प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?