+
+

‘यो गुन कहिल्यै तिर्न सक्दैनौं’

दिपेश शाही गौरव पोखरेल दिपेश शाही, गौरव पोखरेल
२०८० असोज २६ गते ८:२८

२६ असोज, काठमाडौं । सरकारले इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफैं चार्टर विमान लिएर राजधानी तेल अबिब पुगेका थिए ।

बिहीबार बिहानपख काठमाडौं आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् । उनीहरुमध्ये एक थिइन् रेश्मा श्रेष्ठ । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेकी उनी आफू भाग्यवश् बाँच्न सफल भएको सुनाउँछिन् ।

उनले भनिन्, ‘धेरै जना अझै पनि ट्रमाबाट बाहिर निस्कन सक्नुभएको छैन । धेरै आमा बाबाको आँखामा आलै छन् । अहिले त्यहाँबाट यहा आउँदा सपनामा छु जस्तै लाग्दैछ ।’

उनका अनुसार उनी दुई महिना अगाडिसम्म जहाँ थिइन्, त्यहाँ ठुलो क्षति भएको छ । ‘भगवानको मलाई बचाउने इच्छा रहेछ,’ उनले अघि भनिन्, ‘नत्र जुन घरमा म बस्दै थिएँ ११ महिनासम्म टेलिफार्ममा काम गरेर, त्यो घरको पछाडि जीउँदै जलाइदिनुभयो । अगाडि पूरै ध्वस्त भयो । मेरो फिलिपिनो साथीले भन्दै थियो, यदि तिमी यहाँ भएको भए मारिन सक्थ्यौं ।’

१० जना नेपालीको मारिनुका साथै एक नेपाली अझै सम्पर्कविहीन रहेको भन्दै उनले आफूहरुका बारेमा चासो चिन्ता राख्ने सबैप्रति आभार व्यक्त गरिन् । ‘जति जनाले हाम्रा लागि चिन्ता चासो राख्नुभयो, यहाँसम्म ल्याउन मद्दत गर्नुभयो । यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं,’ उनी निकै भावुक भइन् ।

उनले यसो भनिरहँदा स्वागत गर्न पुगेकी दिदीले बरर आँसु झारिन् । ‘यो खुसीको आँसु हो’ उनले भनिन्, मेरो बहिनीलाई सकुशल पाएको छु । अरुको परिवारमा कस्लो होला भन्ने अनुभूति गर्न सक्छु । उहाँहरुलाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर 

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?