+
+
फ्राइडे रिलिज :

हलमा लागे परदेशी २, कौसीद र बसेन्जी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते ११:३८

काठमाडौं । शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन् । भिन्न जनराका यी फिल्मलाई दर्शकले रुचिअनुसार हेर्न सक्नेछन् । जसमा सामाजिक कथावस्तुमा बनेका ‘परदेशी २’ र ‘कौसीद’ तथा हरर-थ्रिलर ‘बसेन्जी’ छन् ।

‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण रायमाझी निर्देशित यो फिल्मले विदेशिन बाध्य नेपाली युवाले भोग्नुपरेको सामाजिक र पारिवारिक असरको कथा पेश गर्छ ।

यसै फिल्मबाट गायक समेत रहेका प्रकाश सपुतले फिल्म अभिनयमा डेब्यु गरेका छन् । फिल्ममा सपुतसहित केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया लगायतको मुख्य भूमिका छ । पारिवारिक कथावस्तु समेटिएको यो फिल्मले वैदेशिक रोजगारीको प्रभावको कथावस्तु पेश गर्छ । फिल्मको लम्बाइ २ घण्टा २१ मिनेट छ ।

कुमार भाष्कर निर्देशित ‘कौसीद’ले आफ्नो परिवार बचाउन एक शिक्षकले गर्नुपरेको संघर्षको कथा पेश गर्छ । नयाँ घर बनाउन र परिवारलाई खुसी राख्न बैंकबाट ऋण लिने एक शिक्षकले कसरी ऋण तिर्छ ? यसको कथावस्तु फिल्ममा छ । भोलाराज सापकोटा र ऋचा शर्माको शीर्ष भूमिका रहेको यो फिल्मको लम्बाइ एक घण्टा ३५ मिनेट छ ।

यस्तै शुक्रबार रिलिज भएको अर्को फिल्म ‘बसेन्जी’लाई इयान क्लेमेन्टले निर्देशन गरेका हुन् । फिल्ममा असिम निरौला, मिथिला शर्मा र सरिता गिरीको शीर्ष भूमिका छ । हरर, थ्रिलर र सस्पेन्स जनरामा बनाइएको यो फिल्मले एक युवाको कथा पेश गर्छ । आफ्ना पिताले नेपालको कृषि उद्योगबारे एक खोजमूलक लेख अखबारमा प्रकाशित गरेपछि उसको छोराले भोग्नुपरेको नियतिको कथावस्तुमा फिल्म घुमेको छ ।

विगतले ती युवालाई कसरी पछ्याउँछ भन्ने कथावस्तु रहेको फिल्म बदलाको कथामा आधारित छ । यो फिल्मको लम्बाइ एक घण्टा ३० मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?