+
+

अनमोल र सलिनसँग गोदावरी घुमेपछि सलोन लेख्छन्- केही पाक्दैछ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १६:२२

काठमाडौं । अभिनेतात्रय अनमोल केसी, सलोन बस्नेत र सलिनमान बनियाँ मिल्ने साथी हुन् । पछिल्लोपटक यी तीन जना चन्द्रागिरीमा भएको सलोनको विवाह समारोहमा एकसाथ देखिएका थिए ।

बेलाबेलामा उनीहरु भेट भइरहन्छन् । अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ फिल्म जुध्दा पनि त्यसले यी दुईको मित्रतामा कुनै दरार ल्याएको छैन । अनमोल ‘फर्की फर्की’मा व्यस्त हुँदैछन् । सलोन तिहारपछि एक फिल्ममा लाग्नेछन् भने सलिनको हातमा यतिबेला फिल्म छैन ।

तन्नेरी पुस्तामा रुचाइएका यी अभिनेताबीच गोदावरीमा भेट भएको छ । गोदावरी घुमघामपछि उनीहरुले संयुक्त फोटो खिचाए, जसलाई सलोनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । फोटो सेयर गर्दै सलोनले ‘कुकिङ’ भनेर तीनवटा तारा उल्लेख गरेका छन् ।

सलोनको संकेत हेर्दा तीन जनाबीच कुनै कामलाई लिएर योजना बनिरहेको देखिन्छ । यसबारे अनलाइनखबरसँग कुरा गर्दै सलोनले गोदावरीमा आफूहरु घुमघामपछि फोटो खिचाएको बताए । तर योजनाबारे उनले केही खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?