
२६ असोज, जनकपुरधाम । जिल्ला प्रशासन कार्यायल धनुषाले पहिलो पटक जन्मसिद्धका अशक्त अपाङ्गग सन्तानलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । अशक्त अपांग धनुषाको बटेश्वर गाउँपालिका–१ चित्ररपुरका २१ वर्षीय रामबाबु महतोलाई घरमै नागरिकता प्रदान गरिएको हो ।
जन्मजात अशक्त अपांग रहेका रामबाबुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रजिअ अनुज भण्डारी, नागरिकता फाँटका अधिकृत बालमुकुन्द शर्मा, निरज श्रीवास्तव, नायब सुब्बा रामत्रिपाल महतो घरमै पुगेर वंशजन नागरिकता प्रदान गरेका हुन् ।
सो अवसरमा बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो, वडा नं. १ का वडाध्यक्ष अशोक महतो लगायत गाउँपालिकाका कर्मचारीहरु पनि पुगेका थिए ।
रामबाबुका बुबा रामसागर महतोको करिब डेढ दशक अघि मृत्यु भइसकेको छ । जन्मैदेखि आफै उठबस तथा खान लाउन, बोल्न समेत नसक्ने रामबाबुलाई सक्ने क्षमताका नरहेका उनलाई आमा तेतरी देवीले सबैथोक गर्छन् । घरको आर्थिक अवस्था निकै कमजोर छ ।
उमेर पुगेपनि रामाबाबु नागरिकताबाट बञ्चि हुँदा विगत चारवर्षदेखि अपांगभत्ताबाट बञ्चित छन् । जन्मसिद्धका सन्तान भएकाले संशोधित नागरिकता विधेयक पास भए पश्चात मात्र उनले नागरिकता पाउन सम्भव भएको हो ।
जन्मसिद्धका सन्तान रामबाबु जस्तो अशक्त अपांग सन्तानलाई पहिलोपटक घरमै पुगेर नागरिकता प्रदान गरेको धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले बताए । प्रमुख जिल्ला अधिकारी पण्डेले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कनुनी प्रक्रिया पुर्याएर यथासिघ्र अपांग भक्ता रामबाबुलाई भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् ।
अशक्त छोरा रामबाबुलाई नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा लैजान असहज हुने भन्दै घरमै नागरिकता उपलब्ध गराइदिने वातावरण बनाइदिन निवेदन दिएकी थिइन् । निवेदनको आधारमा रामबाबुको नागरिकताको लागि तयार कागजात प्रक्रिया पुर्याएर प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
घरमै छोराले नागरिकता पाएपछि आमा तेतरी देवी खुसी व्यक्ति गरिन् । उनले आफू जस्तो असहाय र अशक्त छोरालाई घरमै आएर नागरिकता प्रदान गरी ठूलो सहयोग गरेकोमा प्रमुख जिल्ला अधिकारीसहित अधिकारी र जनतप्रतिधिलाई धन्यवाद दिइन् । तेतरीका अर्का जेठो छोरा मनोज महतोको ज्याला मजदुरीले घरपरिवार चलेको छ ।
प्रतिक्रिया 4