+
+

सामाजिक कथावस्तुमा फिल्म ‘महाराजधिराज’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १२:५३

काठमाडौं । रोमान्टिक ड्रामा ‘प्रेमगञ्ज’ निर्देशन गरेका परिच्छेद सेन अब नयाँ फिल्म लिएर फर्कने पक्का भएको छ । दशैं घटस्थापनाको अवसरमा आइतबार उनले आगामी फिल्म ‘महाराजधिराज’को घोषणा गरे ।

यसैवर्ष चलचित्र विकास बोर्डबाट विशेष फिल्मको पुरस्कार पाएको ‘बुलाकी’का निर्माता विराज विष्टले यो फिल्मलाई निर्माण गर्न लागेका हुन् । सेनकै लेखन रहेको यो फिल्ममा सामाजिक प्रेमकथा समेटिने जारी विज्ञप्तिमा उल्लेख छ ।

टोपेन्द्र बिष्टको लगानीमा बन्न लागेको फिल्मको प्रदर्शन मिति समेत तय भएको छ । जसअनुसार यो फिल्म २०८१ सालको तिहारमा रिलिज हुने घोषणा निर्माताले गरेका छन् । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका कलाकार तय छैनन् ।

‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई बलियो तरिकाले प्रस्तुत गर्ने निर्देशक सेनले बताए । उनले यसअघि ‘मोदर र स्ट्राइक’ नामका छोटा फिल्म पनि निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?