
काठमाडौं । सन सेक्युरिटिज प्राइभेट लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी अब इसेवामार्फत गर्न सकिने भएको छ ।
साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।
यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।
अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरी तथा ट्रेडिङ अफ्फिसर विशाल रिजालले हस्ताक्षर गरे ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
यसैभरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4