+
+

विश्वकप क्रिकेटमा इंगल्याण्ड अफगानिस्तानसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते २१:५४

२८ असोज, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले पराजित गरेको छ । २८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २१५ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

इंगल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२, आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०/१० रन बनाए ।

अफगानिस्तानका रासिद खान र मुजिबउर रहमानले ३/३ विकेट लिए भने मोहम्मद नाबीले २ र फजलहक आरुकी र नवीन उलहकले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमार २८३ रन बनाएको थियो । उसका लागि ओपनर रहमुल्लाह गुर्बाजले ८०, इक्राम अलिखिलले ५८, इब्राहिम जार्डन र मुजिबउर रहमानले समान २८, रासिद खानले २३ र अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरे ।

बलिङतर्फ इंगल्याण्डका आदिल रसिदले ३, मार्क वुडले २, रिस टोप्ले, लाइम लिभिङस्टोन, जोय रुटले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?