+
+

सौराहामा सञ्चालनमा आयो वनबास रिसोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते ९:३०

२९ असोज, चितवन । चितवनको सौराहामा ‘सिद्धार्थ भिलासा वनबास’ रिसोर्ट आइतवारदेखि सञ्चालनमा आएको छ । घटस्थापनाको अवसर पारेर सञ्चालनमा ल्याइएको रिसोर्ट भिलासा सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो ।

सुरुमा स्थानीय व्यवसायी बासु ढुंगानासहितको टिमले निर्माण गरेको रिसोर्टमा पछि सिद्धार्थ समूह मिसिएर व्यवस्थापनसहितको जिम्मेवारी लिएको छ ।

४५ करोड लगानीमा बनेको भनिएको रिसोर्टमा २२ भिल्लामा ३४ कोठा रहेका छन् । परम्परागत काठ र माटो प्रयोग गरी बनाइएका कोठाहरू चराका नामबाट नामकरण गरिएका छन् । १० वटाभन्दा बढी कोठा अपाङ्गमैत्री छन् ।

वनबास चितवन प्रालिका अध्यक्ष बासु ढुंगानाले भने, ‘होटल हाम्रो लागि पनि बनेको रहेछ भन्ने डिसेबलहरुले बुझुन् भन्ने हो । कन्फ्रेन्स हल र रेष्टुरेन्टमा उनीहरू सजिलै जानसक्ने ¥याम बनाएका छौं ।’ होटलमा दुईवटा हलहरु छन् । एउटामा ८० देखि १०० जनासम्म र अर्कोमा ३० देखि ५० जनासम्म अट्ने क्षमताका छन् ।

रिसोर्ट सौराहा बजारबाट तीन किलोमिटर पश्चिममा छ । जंगलको बीचमा रहेको यो रिसोर्टका संरचनामा नेपालको प्राचिन कला संस्कृति झल्किने गरी आकर्षक कला कुँदिएको छ । ‘क्रंकिटको जंगलमा बस्दा बस्दा मानिसहरू वाक्क दिक्क छन्, बाहिर घुम्न जाँदा बस्ने होटल पनि त्यस्तै हुँदा पर्यटकले फरकपनको अनुभूति गर्न सक्दैनन्, त्यसैले हरियाली जंगलसहित परम्परागत बसाइँ बसेको अनुभूति दिलाउने संरचना तयार गरेका हौंं’ सञ्चालक ढुंगानाले भने, ‘सौराहा आउने पर्यटकहरुका लागि यो होटल नयाँ र पृथक लाग्ने छ, त्यसैले नाम पनि वनबास राखेका छौँ ।’

यहाँ बस्न आउने विदेशी पर्यटकका लागि दुई रात तीन दिनको प्याकेजका लागि २५० देखि ४ सय डलरसम्म शुल्क राखिएको छ । नेपाली पर्यटकको जोडीलाई भने एक रात बसेको र बिहानको ब्रेक फास्टसहित दश हजार रुपैयाँसम्म लिने रिसोर्टले जनाएको छ ।

रिसोर्ट झण्डै ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा माछा मार्न सक्नेछन् । विभिन्न प्रजातिका चराहरुले खाने फल लाग्ने ५० भन्दा बढी प्रजातिका विरुवाहरू रिसोर्टको डिलमा हुर्काइएको छ ।

सौराहा भन्नेवित्तिकै जंगलको आभाष हुने स्मरणलाई जीवन्तता दिन प्राकृतिक वातावरणमा नै रिसोट तयार गरिएको सञ्चालक ढुंगानाले बताए । ‘म यसै पनि चरा प्रेमी मान्छे हो, चराहरुको आवाजले म मोहित हुन्छु, चराहरुका बारेमा धेरथोरै जानकारी पनि राख्छु’ सञ्चालक ढुंगानाले भने, ‘चराले आएर पोखरीको माछा आफैंले टिपेर खाएको दृश्य कति आनन्दित लाग्छ ।’

उनले चराहरुले यहीँ वरपर गुँड लगाएर अण्डा पारेर बच्चा हुर्काउन सकुन् भन्ने चाहानासहित वातावरण तयार गरिएको बताए । ‘हामीले पोखरीमा चरालाई मन पर्ने माछा हाल्छौं मात्रै, कहिल्यै मार्दैनौं, चराहरु आएर माछा खाउन् भनेर छाडेका हौं’ उनले भने ‘पर्यटकहरु चराले माछा खाएको हेरेर रमाउन सकुन् ।’

सौराहाको हात्तीसार नजिकै भएकाले कोठाहरुबाट हात्ती देख्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने जनाएको छ । रिसोर्टमा स्विमिङ पुल, मसाज सहितको स्पा पनि रहनेछ ।

यहाँ बस्न आउने विदेशी पर्यटकका लागि दुई रात तीन दिनको प्याकेजका लागि २५० देखि ४ सय डलरसम्म शुल्क राखिएको छ । नेपाली पर्यटकको जोडीलाई भने एक रात बसेको र बिहानको ब्रेक फास्टसहित दश हजार रुपैयाँसम्म लिने रिसोर्टले जनाएको छ ।

सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताए । होटलको चेन बिजनेस भएकाले पर्यटकलाई प्याकेज सुविधा दिन सकिने बताए ।

सिद्धार्थ ग्रुपले देशका विभिन्न भागमा सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु सञ्चालन गरेको छ । भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ । सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ ।

यही समूहले नेपालगञ्ज र सुर्खेतमा चारतारे सिद्धार्थ होटल तथा कपिलवस्तुको चन्द्रौटामा ‘सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीमा सिद्धार्थ रिसोर्ट र पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटारमा सिद्धार्थ रिभरसाइड रिसोर्ट पनि रहेका छन् ।

बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् । बुटवल, नेपालगञ्ज, तीनकुने, घोबिघाट र पुरानो बानेश्वरमा पनि सिद्धार्थ कटेज सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?