+
+

पठाओ र इनड्राइभ अफलाइनमा चलाउने ८३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १४:३३

२९ असोज, काठमाडौं । अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

पठाओ र इन्ड्राइभ सेवाका नाममा काठमाडौंको विभिन्न ठाउँबाट अनधिकृत रुपमा सर्वसाधारण ओसारपसार गर्ने ८३ जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विगतमा केही आपराधिक घटनाहरुमा यस्ता सवारी साधनको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिमा पनि अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । उनले सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?