+
+

पशुपतिमा ‘भष्मे डन’ टिमले गर्‍यो क्षमापूजा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १२:२०

काठमाडौं । फिल्म ‘भष्मे डन’ टिमले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेको छ । सोमबार बेलुका गरिएको पूजामा निर्माता तथा लेखक खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल लगायत सहभागी रहे ।

पशुपति क्षेत्रमा ६५ दिनसम्म फिल्मको सुटिङ भएको थियो । लेखक तथा निर्माता लामिछानेले छायांकनको क्रममा गल्ती कमजोरी भएको खण्डमा माफी पाऊँ भन्दै क्षमा पूजा गरिएको बताए ।

मान्छेबाट जान अञ्जानमा गल्ती हुने भएकाले यदि त्यसो भएको खण्डमा त्यसबाट कुनै क्षति नहोस् भनेर पूजा गर्ने चलन रहेको उनले बताए । अभिनेत्री खड्काले फिल्मको क्षमा पूजा गरेको आफ्ना लागि पहिलो अनुभव भएको बताइन् ।

उनले भनिन्, ‘कहिलेकाहीं नयाँ अनुभव गर्नुको मज्जा बेग्लै हुन्छ । मैले आजसम्म धेरै फिल्ममा काम गरेको छु । धेरै मन्दिरमा छायांकन गरेकी छु । तर यो आफ्नो पहिलो पटक भएकाले पनि नौलो र अलग महसुस गरेकी हुँ ।’

‘पशुपतिप्रसाद’को स्पिन–अफको रुपमा निर्माण रहेको यो फिल्ममा विपिन कार्की भष्मे डनको भूमिकामा छन् । सौगात मल्ल,  रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म कात्तिक ४ गते शनिबार रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?