
१ कात्तिक, चितवन । चितवन उद्योग संघको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । संघको ३२ औं वार्षिक साधारण सभा एवम् १७ औं अधिवेशनबाट अध्यक्ष चुनिएका हुन् । सूर्यकिरण फाइबर उद्योगका सञ्चालक न्यौपाने यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए ।
संघको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल र परमेश्वर भण्डारी चयन भएका छन् । उपाध्यक्षहरु मध्येबाट आगामी नेतृत्वका लागि एकजना बरिष्ठ उपाध्यक्ष चयन गर्ने र बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने विधानमा व्यवस्था छ ।
अधिवेशनमा निवर्तमान अध्यक्ष रहेका त्रिलोचन कँडेलले संघको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा चितवन उद्योग संघको १६ औं कार्यसमितिको पदाधिकारी तथा सदस्यहरु मध्येबाट चितवन उद्योग संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेल, चितवन उद्योग संघ पालिका समितिहरु मध्येबाट उत्कृष्ट हुन सफल चितवन उद्योग सघ, रत्ननगर समिति, चितवन औद्योगिक विकास साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु मध्येबाट चितवन औद्योगिक विकास साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्याल, चितवन औद्योगिक विकास साकोसको पालिका व्यवस्थापन उपसमितिहरु मध्येबाट चितवन उद्योग संघ माडी समितिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघको कर्मचारीहरु मध्येबाट चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट र चितवन औद्योगिक विकास साकोसका कर्मचारीहरु मध्येबाट लेखापाल सुजाता हुमागाईलाई सम्मान गरिएको थियो । अतिथिहरुलाई प्रदान गरिने मायाको चिनोमा हुने खर्च रकमलाई कटौती गरी मानव सेवा आश्रमलाई मानव सेवा आश्रमकी महासचिव सुशिला के.सी. मार्फत सहयोग स्वरुप ५१ हजारको चेक हस्तान्तरण ग्रहण गरिएको थियो ।
प्रतिक्रिया 4